ताजा अपडेट »

सिद्धार्थ गौतम बुद्ध क्याम्पस : ३२ औं बार्षिकउत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम शुरु

बुधबार, ३० फागुन २०८०, २१ : ५५
384 Shares
बुधबार, ३० फागुन २०८०
384 Shares

बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं बार्षिकउत्सवको अवसरमा सपहब्यापी कार्यक्रम शुरु गरेको छ । आज एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले  साप्ताहिक कार्यक्रमको शुभारम्भ गरे।

सो अबसरमा बोल्दै शर्माले समाजले पत्याएको क्याम्पसका हरेका कार्यक्रम सामाजिक उत्तरदायित्वसंग जोडिने बताउँदै शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताए । बार्षिकउत्सबको पहिलो दिन आज महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्राध्यापक रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक तिर्थराज काफ्लेले गरेका थिए ।  १६ जना बिद्यार्थी सहभागि प्रतियोगितामा भुवन पन्थी प्रथम,सुजाता पौडेल दितिय ,पार्वता घिमिरेले तृतिय स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताए ।

कार्यक्रममा निर्णयकको भूमिकामा उषादेबी रेग्मी,शेषकान्त अर्याल, पुरुषोतम ज्ञवाली रहेका थिए । बार्षिकोत्सव अन्तर्गतका बिभिन्न कार्यक्रमको तयारी तिब्र पारिएको अर्का सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिए । क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको प्राध्यापक ताराप्रसाद ज्ञवालीले जानकारी दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।