ताजा अपडेट »

टी २० सिरिज : पीएनजीसँग नेपालको लज्जास्पद हार

बुधबार, ३० फागुन २०८०, १५ : ०८
310 Shares
बुधबार, ३० फागुन २०८०
310 Shares

बुटवल । हङकङमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । पीएनजीले ८६ रनले जित दर्ता गर्दै उपाधि आफ्नो हात पारेको हो ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य भेटाउन ब्याटिङमा उत्रिएको नेपालले सुरुवातदेखिनै खराव प्रदर्शन गरेको थियो । नेपाल १६ दशमलव २ ओभरमा ८५ रन जोडेर अलआउट भएको हो । ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए। यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके। यसैगरी आरिफ शेख आफ्नो व्यक्तिगत २० बलमा १५ रन जोडेर पेभेलियन फर्किए । सन्दिप जोर १३ बलमा १६ रन बनाएर क्याच आउट हुन पुगे । विवके यादव १० बल खेल्दै एक रन बनाएर क्याच आउट भए भने लाकेश बम १० बलमा ६ रन बनाएको अवस्थामा एलवीडब्ल्यु आउट भए । करन केसी ७ बेल खेल्दा ३ रन बनाएर क्याच आउट भए, प्रतिश जिसी २ बल खेलेर सुन्यमा आउट भए भने आकाश चन्द बल खेलेर शुन्यमै अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन÷तीन, करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।