ताजा अपडेट »

टी-२० सिरिज : उपाधिका लागि नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

बुधबार, ३० फागुन २०८०, १३ : ३४
54 Shares
बुधबार, ३० फागुन २०८०
54 Shares

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन÷तीन, करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए । नेपालले उपाधिका लागि अहिले जवाफी ब्याटिङ गर्दै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।