काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा मोगं कोगंमा सुरु हुनेछ ।
नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो । नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।
प्रतिक्रिया