ताजा अपडेट »

जनमत पार्टी सरकारमा सहभागी नहुने

मंगलबार, २९ फागुन २०८०, १५ : २४
96 Shares
मंगलबार, २९ फागुन २०८०
96 Shares

काठमाडौँ। जनमत पार्टी वर्तमान सरकारमा सहभागी नहुने भएको छ ।यही फागुन २३ गते भएको पार्टी बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको सो पार्टीले आज विज्ञप्ति निकालेर जनाएको हो ।

पार्टीले नयाँ गठबन्धनमा नजाने र सरकारलाई पनि समर्थन नगर्ने निर्णय गरेको हो। इलामको प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा जनमतले उम्मेदवारी दिने निर्णय गरेको छ ।

यसैगरी, सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।