ताजा अपडेट »

टी-२० आई मा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने कुशल

मंगलबार, २९ फागुन २०८०, ०८ : १८
110 Shares
मंगलबार, २९ फागुन २०८०
110 Shares

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् ।त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् । उनी नेपालबाट टी२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १४७६ रन बनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।