ताजा अपडेट »

‘सहि तथ्य र तथ्याङ्क प्राप्त गर्न सूचनामा एकद्वार प्राणाली आवश्यक’

सोमबार, २८ फागुन २०८०, १५ : ००
234 Shares
सोमबार, २८ फागुन २०८०
234 Shares

बुटवल । सहि तथ्य र तथ्याङ्क प्राप्त गर्न सरकारी सूचना प्रवाहमा एकद्वार प्राणालीे आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।  ओपन को हबले सोमबार बुटवलमा आयोजना गरेको संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्न वक्ताहरुले सूचनामा एकद्वार प्रणाली नहुँदा नागरिकहरु माझ सहि सूचना पुग्न सकेको भन्दै उनीहरुले राज्य अनिवार्य रुपमा सूचनामा एकद्वार प्रणाली लागु गनुपर्ने बताएका हुन् । 

संघीय संरचनामा मूलक गए पछि पालिकाहरुबाट सहज रुपमा सूचना प्राप्त हुनु पर्नेमा आफु अनुकल नभएका सूचना लुकाउने प्रबृत्ति बढेकोले यसलाई नीतिगत रुपमा नै रोक्नु पर्ने बताएका थिए । साथै स्थानीय तहमा सल्लाहकारबाट नै सूचनामा लुकाउने काम पछिल्लो समय बढी रहेको उनीहरुको भनाइ रहेको थियो ।  

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेयले सूचना पाउनु सबै नागरिकको मौलिक हक भए पनि सहज रुपमा सूचना प्राप्त गर्न नसकेको बताए । साथै उनले संचारकर्मीहरुले भावनामा बगेर भन्दा पनि तथ्य र तथ्याङ्कमा समाचार लेख्नु पर्ने बताए । ओपन को हबकी सिनियर प्रोग्राम म्यानेजर अस्मिता शर्माले संचारकर्मीहरुले सम्बन्धीत निकायबाट सूचना लिएर नागरिकसँग पुराउनका लागि महत्वपूर्ण पुलको काम गरेको बताइन् । 

अन्तरक्रिया कार्यक्रमा पत्रकार रेखा भुसाल, कृष्ण खनाल, कपिल ज्ञावली, प्रकाश आचार्य, झविन्द्र देवकोटा, माया केसी, बसन्त आचार्य, पुजा पन्थी लगायतले बोल्दै पत्रकारितालाई प्रभावकारी र विश्वस्नीय गराउनका लागि पनि सूचनामा सहि तथ्य र तथ्याङ्क प्राप्त हुनु पर्ने बताएका थिए । 

यस्तै ओपन को हबले आइतबार रुपन्देही जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत युवा कर्मचारीसँग खुल्ला तथ्याङ्क मन्थन कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सूचना अधिकारी माधवप्रसाद पोखेरल, गैडहवा गाउँपालिका सूचना अधिकारी गणेश भट्टराई, कन्चन गाउँपालिका आइटि अनिल थापा, बुटवल उपमहानगरका रोजगार संयोजक अरविन्द्र पाण्डे, सैनामैना नगरपालिका नक्सा शाखाका मिलन भुत्तेल, सिद्धार्थनगर नगरपालिका शिक्षाका प्रमुख जानभि पाण्डेय, शुद्धोधनका स्वास्थ्य शाखाका प्रमुख समिर भण्डारी लगायतले आ-आफ्ना अनुभव राखेका थिए ।

साथै उनीहरुले तथ्याङ्क गलत नियतबाट माग्ने प्रबृत्ति बढेको र प्रक्रियाबाट सूचना माग्न लगाउँदा डाटा माग्ने व्यक्ति नै सम्पर्क नआउने गरेको बताएका थिए । उनीहरुले आफुहरुले सूचना माग्नेलाई कार्यलयमा उपलब्ध भएका सूचनाहरु सहज रुपमा नै दिने गरेको दावी गरे । 

कार्यक्रमको सहजजिकरण अभियनता कृष्णप्रसाद सापकोटाले गरेका थिए । साथै उनले सबैको सूचनामा सबैको पहुँच हुन सके सरकार र नागरिकहरुको सम्बन्ध मैत्रीपूर्ण र विश्वासिलो हुँदै जाने र यसले खुल्ला सरकार अवधारणलाई टेवा पुराउने बताएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।