काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षा पुनः रोकिएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा पानी परेपछि रोस्रो पटक खेल रोकिएको थियो ।
यसअघि ५ ओभरको खेलपछि वर्षाले रोकिएको थियो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । यसैगरी दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । हङकङका निजाकात खान २० बलमा २५ रन बनाएको अवस्थामा आउट हुन पुगेका हुन् । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी, ललित राजवंशी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ ।
फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
प्रतिक्रिया