काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी विकेट गुमाउन पुग्यो ।
प्रतिक्रिया