काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजको मैत्रीपूर्ण खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले एकमात्रै टी–२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् । उनले टी–२० आई खेलमा डेब्यू गरेका हुन् । नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । अघिल्लो महिना क्यानडासँग ओडीआई खेलमा उनले नेपालको लागि डेब्यू गरेका थिए ।
नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।
त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।
नेपालको प्लेइङ ११
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी ९विकेट किपर०, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।
प्रतिक्रिया