बुटवल । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी२० विश्वकप तयारी स्वरुप भोली शनिबारदेखि फेरी व्यस्त हुने भएको छ । तयारीका लागि हङकङ पुगेको राष्ट्रिय टोलीले शनिबार हङकङसँग एक मैत्रीपूर्ण खेल खेल्दै छ भने आइतबारदेखि त्रिकोणत्मक सिरिज खेल्दै छ ।
नेपालले हङकङ र पिएनजीसँग मार्च १० देखि मार्च १३ सम्म त्रिकोणत्मक सिरिज खेल्न थालेको हो । हङकङ भ्रमणमा रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल नियमितका खेलाडी छन् । टोलीमा आकाश चन्द र लोकेश बम थपिएका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका हुन् ।
प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।
त्यसपछि नेपालको सिनियर टोलीले घरेलु मैदानमा आयरल्यान्ड वल्भ्ससँग २ खेल खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ ले ३÷३ टि२० र एकदिवसीय खेल्नेछ । सिनियर टोली त्यसपछि भारतमा गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्न जानेछ । लगत्तै ओमानमा एसीसी मेन्स प्रिमियर कपमा हुनेछ ।
मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३ं÷३ एकदिवसीय र टि२० खेल हुनेछ । जुनमा हुने आइसीसी टि२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागिएको हो । यसलगत्तै नेपाली टोलीले ३१ मार्च देखि अप्रिल ७ सम्म भारतको गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज लगत्तै नेपाल एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।
हालै सम्पन्न नेदरल्याण्ड र नामिविया बीचको टी २० सिरिज अन्तरगत फाइनलमा नेदरल्यान्ड्ससँग नेपाल ४ विकेटले पराजित भएको थियो ।
यस्तो रहेको छ नेपालको खेल तालिका
हङकङ भ्रमण (मार्च ९ देखि १३ सम्म)
फ्रेन्डसिप कप : मार्च ९- नेपाल विरुद्ध हङकङ
त्रिकोणात्मक सिरिज (मार्च १०-१३)
मार्च १० : नेपाल र हङकङ
मार्च १२ : नेपाल विरुद्ध पिएनजी
फाइनल : मार्च १३
आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल ७)
मार्च २४ : टि२० - नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २५ : टि२० - नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २८ : टि२० - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च २९ : टि२० - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
मार्च ३१ : टि२० - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ३ : एकदिवसीय - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ५ : एकदिवसीय - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
अप्रिल ७ : एकदिवसीय - नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’
भारतको त्रिकोणात्मक सिरिज (मार्च ३१- अप्रिल ७)
३१ मार्च : नेपाल विरुद्ध गुजरात
२ अप्रिल : नेपाल विरुद्ध बरोडा
३ अप्रिल : नपाल विरुद्ध गुजरात
५ अप्रिल : नेपाल विरुद्ध बरोडा
७ अप्रिल : फाइनल
एसीसी मेन्स प्रिमियर कप (अप्रिल १२ देखि २१ सम्म)
१२ अप्रिल : नेपाल विरुद्ध मलेसिया
१३ अप्रिल : नेपाल विरुद्ध कतार
१५ अप्रिल : नेपाल विरुद्ध हङकङ
१७ अप्रिल : नेपाल विरुद्ध साउदी अरब
१९ अप्रिल : सेमिफाइनल
२१ अप्रिल : फाइनल
प्रतिक्रिया