बुटवल । बुटवलमा बुधबार साँझ ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। बुटवल–१२ रामनगस्थित अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन् ।
फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए। ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी काठमाडौँ बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाएका कारण यो कार्यक्रम गर्दैछौँ’, उनले भने।
महाजात्राका कलाकारहरु राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का लगायत बुटवलमा बुधबार साँझ ६ बजेदेखि हुने कार्यक्रममा सहभागी हुनेछन्। निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ।
टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फर्म्याटमा सो हुने निर्देशक भण्डारीले बताए। महाजात्राको कुराकानीसँगै कलाकारको रोस्ट रहने उनले बताए। पोखराबाट सुरु भएको ‘महाकमेडी विथ महाजात्रा’ बुटवलपछि २५ गते धनगढीमा हुनेछ। फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ। कार्यक्रममा सहभागी हुनका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया