माघ २७,
काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमति मुनाको हत्याको प्रयास भएको छ । आज बिहान आफ्नै निवास सानेपामा मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
कार्कीको घरमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन्। कामदार झुण्डिएको अवस्थामा फेला परेको राईले बताए । अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाएको र अहिले अनुसन्धार जारी रहेको प्रहरी प्रमुख राईले बताए । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया