बुटवल । गायक ॠषि खड्काको शब्द र संगितमा रहेको ‘गाह्रो हुन्छ नी’ गीत सार्वजनिक भएको छ । गितमा स्वर चर्चित गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने ॠषि खड्का र जुना गुरुङले अभिनय गरेका छन् । युवाहरु पारिवारिक समस्याको कारण स्वदेशमा रोजगारी नपाएर विदेशमा जानु पर्ने बाध्यतालाई देखाइएको छ ।
यस्तै, सो गितको निर्देशन सुनिल विकले गरेका हुन भने छायाँकन बुद्ध थापाले गरेका छन् । साथै सम्पादन प्रविन भट्टले गरेका भने मिक्सिङ्ग खड्क बाजुरालीले गरेका छन् । सो गित ॠषि खड्काको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
गितको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया