ताजा अपडेट »

नेदरल्याण्डस विरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

शनिबार, १९ फागुन २०८०, ११ : १५
134 Shares
शनिबार, १९ फागुन २०८०
134 Shares

बुटवल । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिला फिल्डीङ गर्नेछ ।

नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ । हारेको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली : म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, काइल क्लाइन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।