ताजा अपडेट »

राष्ट्रियसभा अध्यक्ष काँग्रेसलाई नदिने पक्षमा प्रचण्ड : परिस्थिती बदलीएको प्रतिक्रिया

विहीबार, १७ फागुन २०८०, १९ : १३
190 Shares
विहीबार, १७ फागुन २०८०
190 Shares

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई अस्वीकार गर्ने संकेत गरेका छन् । अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गरेका हुन् ।

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएको उल्लेख गरे । राष्ट्रिय सभा अध्यक्षबारे पार्टीले लिखित निर्णय भने नगरिसकेको बताए पनि उनले विगतमा कांग्रेस नेता सिटौलालाई वचन दिएको बारे ‘त्यो बेला परिस्थिति भिन्न रहेको’ प्रतिक्रिया दिए ।

कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नु, जनयुद्धबारे अनावश्यक टिप्पणी तथा धर्मनिरपेक्षका बारेमा उठेका विषयहरुले परिस्थिती बदलिएको उनले संकेत गरे । यद्यपि अहिले पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको भन्दै उनले भने, ‘यसले तात्विक रुपले ठूलै अन्तर परिहाल्छ भन्ने ठाउँमा चाहिँ हामी पुगेको स्थिति होइन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।