ताजा अपडेट »

न्यू होराइजनको ३० औं वार्षिकोत्सव, सोमबार मूल समारोह

सोमबार, २७ माघ २०७६, १० : ५९
48 Shares
सोमबार, २७ माघ २०७६
48 Shares

माघ २७,

ग्लोबल आवाज

बुटवल । न्यू होराइजन माविले आफ्नो ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउँदै छ । वार्षिकउत्सवको मूल समारोह सोमबार राखिएको छ । मूल समारोहका प्रदेश नम्बर पाँचमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम छ ।

आइतबार दोस्रो दिन शिक्षक कर्मचारी र एसईई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवहाक प्रमुख गुमादेवी आचार्यले बुटवल शैक्षिक हवको रुपमा समेत विकास भएको बताइन् । उनले शिक्षाको विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान भएको चर्चा गरिन ।
सो अवसरमा ५ वर्ष सेवा गरेका ३८ जना, १० वर्ष सेवा गरेका ४५ जना र १५ वर्ष सेवा गरेका ४१ जना शिक्षक कर्मचारीलाई सम्मान गरिएको विद्यालयका नेपाली विषय डिन शालिकराम पौडेलले जानकारी दिए । एसईई परीक्षा २०७५ मा चार जिपिए ल्याउने ७ जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तर कहिल्यै खस्किन नदिने बताए । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बालबालिकाहरुलाई अभिभावकहरुले समय दिनुपर्ने बताए । विद्यालयमा झण्डै ५ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षता, उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत तथा शिक्षकद्धय हरि पौडेल र कल्पना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।