काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । यसदिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।
प्रतिक्रिया