ताजा अपडेट »

नेपालले नेदरल्याण्डसलाई दियो १७३ रनको सामान्य लक्ष्य

आइतबार, १३ फागुन २०८०, १३ : १४
104 Shares
आइतबार, १३ फागुन २०८०
104 Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै गुमाउँदै १७२ रन बनाउन सक्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका  लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान बाहेक अन्य ब्याटरहरु नेदरल्याण्डससामू खुल्न सकेनन्। आठौं नम्बरमा आएका करण केसीले २६ रन बनाए।  आरिफ शेखले २२, आसिफ शेख १७, अनिल साह ६, कुशल मल्ल २, रोहित पौडेल  १६, गुल्शन झा  ५ र दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए। नेपाली टोलीमा २ परिवर्तन गरेर सोमपाल कामी र देव खनाललाई बेन्चमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।