ताजा अपडेट »

एमालेले माग्यो तीन मन्त्रीको राजिनामा

विहीबार, १० फागुन २०८०, १२ : २०
142 Shares
विहीबार, १० फागुन २०८०
142 Shares

काठमाडौं । नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन ।हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना मन्त्रीको राजीनामा माग गरेको हो । 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन । 

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।