बुटवल । क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले २ विकेटले पराजित पराजित गरी सिरिज बराबरी गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ५ बल बाँकी हुँदा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे ।
तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे । नेपालको जितसँगै ३ खेलको सिरिज १/१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा-११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ ।
प्रतिक्रिया