ताजा अपडेट »

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

मंगलबार, ०८ फागुन २०८०, १३ : ४०
74 Shares
मंगलबार, ०८ फागुन २०८०
74 Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् ।  

स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले यसप्रति आपत्ति जनाए । पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।