ताजा अपडेट »

धनञ्जय गोत्रीय पंगेनीहरूको पहिलो अधिवेशन, अध्यक्षमा देवीप्रसाद

मंगलबार, ०८ फागुन २०८०, ११ : २२
184 Shares
मंगलबार, ०८ फागुन २०८०
184 Shares

बुटवल ।  विभिन्न ठाउँबाट बसाईसरी रूपन्देही जिल्लामा स्थायी वा अस्थायी रूपमा बसोबास  गरिरहेका धनञ्जय गोत्रीय पंगेनीहरूको पहिलो अधिवेशन  सोमबार तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ । तिलोत्तमा – ७ का वडाध्यक्ष समेत रहेका  देवीप्रसाद पंगेनीको अध्यक्षता तथा पंगेनी समाज नेपालका केन्द्रीय सदस्य केशवराज पंगेनीको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । 

किशोर पंगेनीको सञ्चलनमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शारदा पंगेनी, पाल्पा जिल्ला अध्यक्ष दयाराम पंगेनी, स्याङ्जा जिल्ला सल्लाहकार हरि पंगेनी, पेमा पंगेनी, दिनमणि पंगेनी लगायतले एकीकृत संरचनाबाट सबैको कल्याण हुने बताएका थिए । सोही अवसरमा पंगेनी समाजका १७ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । देवीप्रसाद पंगेनीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिका उपाध्यक्षमा कृष्णप्रसाद पंगेनी, सचिव किशोर पंगेनी, कोषाध्यक्ष जागेश्वर पंगेनी र सदस्यहरूमा सविता पंगेनी, गोकर्ण पंगेनी, डोलराज पंगेनी, मणिप्रसाद पंगेनी र बाबुराम पंगेनी  रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।