ताजा अपडेट »

प्रजातन्त्र दिवसमा जितगढी किल्ला सरसफाइ

सोमबार, ०७ फागुन २०८०, १० : ५३
128 Shares
सोमबार, ०७ फागुन २०८०
128 Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर जितगढी किल्ला सरसफाई गरेको छ। सोमबार बिहान नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालसहितको टोलीले किल्लाक्षेत्रमा सरसफाई गरेको हो।

सरसफाई कार्यक्रमको शुरुवात गर्दै प्रमुख खेलराज पाण्डेयले देश र जनताका निम्ति बलिदानी दिने सहिदहरुकै कारण मुलुकमा प्रजातन्त्रको बहाली भएको स्मरण गर्दै इतिहासलाई बिर्सन नहुने बताए। उनले जनताकै अगुवाईमा भएका आन्दोलनहरुकै कारण देशमा संघीयतासहितको गणतन्त्र प्राप्ति भएको बताउँदै गणतन्त्र रहेमा मात्रै मुलुकको सार्वभौमसत्ता जनतामा रहने बताए। 

उनले जितगढी किल्लामा नेपाल र अंग्रेजबीचको युद्धमा विजयी हासिल गरेकै कारण नेपालको हालको भूगोल कायम रहेको स्मरण गर्दै विगतको योगदानलाई रक्षा गर्नका लागि बुटवलले विशेष प्राथमिकता दिएको बताए।  उनले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्दै आन्तरिक र बाह्य पर्यटक आगमनलाई बढावा दिने गरी योजना अगाडि बढाएको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।