ताजा अपडेट »

लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

विहीबार, ०३ फागुन २०८०, १६ : ४८
98 Shares
विहीबार, ०३ फागुन २०८०
98 Shares

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।