ताजा अपडेट »

अबको नयाँ आईजीपी को ?

सोमबार, २७ माघ २०७६, ०७ : ३४
22 Shares
सोमबार, २७ माघ २०७६
22 Shares

माघ २७,

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन् । तर त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने भन्ने निर्णय सरकारले गर्न सकेको छैन ।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए। सामान्य अवस्था र स्वाभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आईजीपीका हकदार हुन्थे। त्यहीअनुसार एक महिनाअघि नै बहालवाला आईजीपी बिदामा बसेर भावी नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने चलन थियो। आफ्नो कार्यकाल बढाउन खनाल र उनका ब्याजी लबिइङमा लागेका थिए तर त्यो सम्भव भएन। उनी बिदामा पनि बसेका छैनन्।

खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन्। त्यसैले खनालपछि नेतृत्वको दाबेदारमा वरिष्ठ तीन डीआईजी छन्– प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय, उनीहरूको ३० वर्षे सेवा अवधि असार २४ मा सकिनेछ। तीनै जना वरीयताक्रममा क्रमशः १, २ र ३ नम्बरमा छन्। उनीहरू आईजीपी खनालका वैकल्पिक ब्याजी हुन्। -कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।