ताजा अपडेट »

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

विहीबार, ०३ फागुन २०८०, १५ : ०९
376 Shares
विहीबार, ०३ फागुन २०८०
376 Shares

मोरङ । मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केहि दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।

बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैया नगद चोरेको हो । चोरले सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।