ताजा अपडेट »

भ​ल​वारी जेसिजद्वारा गौत​म बुद्ध​ माविलाई स्टेशनरी साम्रगी प्रदान

विहीबार, ०३ फागुन २०८०, ११ : ११
138 Shares
विहीबार, ०३ फागुन २०८०
138 Shares

बुटवल । भ​ल​वारी जेसिजले गौत​म बुद्ध​ माविलाई स्टेशनरी साम्रगी प्रदान गनरेको छ । जेसिजले कम्युनिटी क्षेत्र अन्तर्गत तेस्रो कार्यक्रमको रुपमा बुधबार विद्यालयलाई स्टेशनरी साम्रगी प्रदान गरेको हो । 
विद्यालयकोपुस्त​काल​य व्​व​स्थाप​नस​हित विद्यार्थी र शिक्षकलाई प्रभावकारी हुने विभिन्न प्रकारका स्टेशनरी साम्रगी विद्यालयलाई प्रदान गरिएको कार्यक्रम संयोजक अरुन प​न्थिले बताए । 

कार्य​क्र​म संयोजक अरुन प​न्थिको स्वाग​त म​न्त​व्य​, म​हास​चिव मिन तिवारीको संचालन, रुपेश पाण्डेले आस्था पाठ वाच​न र तिलोत्त​मा न​ग​र​पालिका  ९ का अध्य​क्ष​ धुर्व​ न्योपानेको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भ​ल​वारी जेसिज व​र्ष​ २०२४ का अध्य​क्ष  सिपि भ​ट्ट​राई जीव​नले आवश्यकताका आधारमा आधार​मा पुस्त​काल​यमा पुस्त​क र​ विद्यार्थीह​रुको लागि विशेष तालिम र​ अभिमुखिकर​ण कार्य​क्र​म ग​र्ने प्र​तिब​द्ध​ता व्यक्त गरे ।   


कार्यक्रममा भ​ल​वारी जेसिजका पुर्व​ अध्य​क्ष​ तथा राष्ट्रिय प्रशिक्षक  मुक्ति प्र​साद गैर्हे, पुर्वअध्य​क्ष​ किसोर प​ङ्गेनी ल​गाय​तले भनाई राखेका थिए ।  कार्य​क्र​ममा  ५०० ज​नाको स​ह​भागिता र​हेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।