ताजा अपडेट »

ललिता निवास जग्गा प्रकरणको फैसला सुनाउने तयारी

विहीबार, ०३ फागुन २०८०, ०९ : १४
68 Shares
विहीबार, ०३ फागुन २०८०
68 Shares

काठमाडौं। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी भएको हो । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।