ताजा अपडेट »

आइसीसी लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

विहीबार, ०३ फागुन २०८०, ०८ : १२
116 Shares
विहीबार, ०३ फागुन २०८०
116 Shares

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९ः३० बजे सुरु हुनेछ । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ । गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।