ताजा अपडेट »

नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा, कुवेत ८ विकेटले पराजित

बुधबार, ०२ फागुन २०८०, १५ : २०
108 Shares
बुधबार, ०२ फागुन २०८०
108 Shares

काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरमा बुधबार भएको खेलमा कुवेतलाई डर्कवर्थ लेविसका आधारमा ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

वर्षाले खेल रोकिएपछि नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो । निर्धारित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सीता रानामगरले १७ र क्याप्टेन इन्दु बर्माले नटआउट २२ रनको योगदान गरिन् । कविता जोशी ४ रनमा नटआउट रहिन् । कविता कुँवर एक रनमा आउट भइन् । मार्याम ओमारले एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रनको योगफल तयार पारेको थियो । कुवेतका लागि प्रियादा मुरलीले २९ र खदिजा खलिलले १३ रन बनाए।
नेपालका लागि सीता राना गरले ह्याट्रिक विकेट लिइन्। कविता कुँवर र रुबिना क्षेत्रीको नाममा १–१ विकेट रह्यो।

सेमिफाइनलमा नेपालले अब मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । मलेसिया जापानलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । अर्को पोलबाट थाइल्यान्ड र यूएई सेमिफाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।