ताजा अपडेट »

३२ लाख बराबरको खुद्रा सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

बुधबार, ०२ फागुन २०८०, १२ : ३७
204 Shares
बुधबार, ०२ फागुन २०८०
204 Shares

बारा।  प्रहरीले बाराबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए।

ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।