ताजा अपडेट »

१२ सय रुपैयाँले घट्याे सुनकाे भाउ

बुधबार, ०२ फागुन २०८०, ११ : २९
148 Shares
बुधबार, ०२ फागुन २०८०
148 Shares

काठमाडौं ।नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ।  मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।