ताजा अपडेट »

अवैध विदेशी मुद्रासहित एकजना पक्राउ

मंगलबार, ०१ फागुन २०८०, १६ : १३
34 Shares
मंगलबार, ०१ फागुन २०८०
34 Shares

काठमाडौं । लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको छ । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र  ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।