मुगु । हिमाली जिल्ला मुगुका किसानलाई यतिखेर स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । पछिल्लो सय कृषि विकास कार्यालय मुगुका कृषि प्रविधिकहरु बगैंचामा पुगेर किसानलाई जानकारी दिनुका साथै स्याउबारे शिक्षणमा पनि लागिपरेका छन् । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापन बारे जानकारी किसान लाई दिने गरेको कृषि विकास कार्यालय मुगुका कृषि प्रविधिक प्रचण्ड देवकोटाले बताए । किसानलाई बगैँचा काँटछाँट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग जानकारी छैन । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ ।
स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको देवकोटाको भनाइ छ । भारतको हिमाञ्चल प्रदेशको बागमानी फर्ममा ज्याला मजदुरी काम गर्दे स्याउ काँटछाँट , कलामी गर्दे मुगुको ज्युला गाउँका बाँच बहादुर विकले ५ वर्ष बढि भारतमै बिताए । तर उनी त्यहाँ सन्तुष्ट भएनन् । मजदुरीले पाउनु पर्ने ज्याला जता गएपनि पाउनु पर्ने ज्याला नपाएको गुनासो गरेका छन् । भारत बाट फर्करे आएपछि अहिले आफ्नै जिल्लामा स्याउ काँटछाँट , कलामी गर्दे दिन बिताएका छन् भने मासिक ३० हजार सम्म आम्दानि पनि गर्ने गरेका छन् ।स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन, समयमै स्याउ काँटछाँट गर्न लागिपरेको छाँयानाथ रारा नगरपालिका वडा नं ४ ताल्चका मायालक्ष्मी भामले बताईन ।
जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन् । अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी पाएको किसानको भनाई छ ।
कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार स्याउ बगैँचा व्यवस्थापन अन्तर्गत किसानलाई चुना र निलोथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालय मुगुका प्रमुख चन्द्र बहादुर शाहीले बताए ।
प्रतिक्रिया