ताजा अपडेट »

एक्सेस एजुकेशनको गन्तव्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड

सोमबार, २९ माघ २०८०, १४ : १०
136 Shares
सोमबार, २९ माघ २०८०
136 Shares

 
बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रा।लि। ले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्दै छ ।  १९ वर्ष अघि स्थापना भएका र काठमाण्डौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेको  एक्सेस एजुकेशनले नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ । 

एक्सेस एजुकेशनले माघ २८ देखि फागुन ५ (फेब्रुअरी ११ देखि १७) गतेसम्म नेपाली विद्यार्थीहरुकालागि गन्तव्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्न लागेको छ । कार्यक्रम अनुसार एक्सेस एजुकेशन बुटवल शाखा मिलनचोक (शुक्रपथ) मा यस क्षेत्रका विद्यार्थीहरुका लागि आगामी फागुन १ गते एकदिने कार्यक्रम गर्दैछ । 

यस कार्यक्रममा प्लसटु, ब्याचलर, मास्टर डिग्री गरेका विद्यार्थीहरुलाई न्यूजिल्याण्डका विभिन्न कलेजका प्रतिनिधिहरुले कलेजका विषयमा आवश्यक जानकारी सहित अध्ययन पश्चात विद्यार्थीहरुले पाउने सेवा सुविधाका बारेमा जानकारी गराउने एक्सेस बुटवलका प्रवन्ध निर्देशक कमल भुसालले जानकारी गराए । 

विद्यार्थीहरुले कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने तथा प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासा मेटाउनुका साथै न्युजिल्याण्ड जानुपूर्व र पुगिसकेपछि पालना गर्नुपर्ने प्रक्रियाका विषयमा सहजीकरण गर्नेहुंदा विद्यार्थीहरुले धेरै लाभ लिन सक्ने प्रवन्ध निर्देशक भुसालले बताए ।  एक्सेस एजुकेशन नेटवर्कले देशभरीका सबै शाखाहरुमा यो कार्यक्रम गर्ने भएकाले आफुलाई पायक पर्ने शाखामा सहभागि भई लाभ लिन एक्सेस एजुकेशनले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।