ताजा अपडेट »

सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

सोमबार, २९ माघ २०८०, ११ : ३२
104 Shares
सोमबार, २९ माघ २०८०
104 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार  सोही मूल्यमा भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ।  आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।