ताजा अपडेट »

फोनिजको विरोधबीच पत्रकार महासंघको पुस्तक सार्वजनिक

आइतबार, २८ माघ २०८०, १६ : १३
114 Shares
आइतबार, २८ माघ २०८०
114 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ । 

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले विरोध गरेको छ । 

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ । 

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।