ताजा अपडेट »

साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न दिईंदैन: विप्लव

शनिबार, २७ माघ २०८०, २१ : २३
202 Shares
शनिबार, २७ माघ २०८०
202 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले  बिभिन्न चलखेलद्वारा  साम्राज्यबादिहरुको अखडा बनाएर देश लुट्न  खोजिएको बताउँदै  तेसका बिरुद्ध जनताको सहभागितामा नेकपाको नेतृत्वमा प्रतिपाद र प्रतिरोध गर्ने बताएकाछन । 

एमसिसि एसपिपिकाका नाममा साम्राज्यबादले आफ्नो रणनिति पूरा गर्न खोजेको भन्दै दलाल पुजिबादको सहायताका आवरणको स्वार्थ असफल पार्ने बताए । जनतासंग लोकप्रीयता बढ्दै गएपछी जनतासंग नजिकिन नपाउन भनेर विभिन्न झुठ्ठा मुद्धा लगाउने र धरपकड गर्ने तिर राज्य उद्देलित भएको भन्दै नेता विप्लपले भने  'एनसेल ललिता निवास लगाएतका मुद्धाका बिरुद्धको संघर्षमा विभिन्न झुट्टा मुद्धा लाएर अहिले पनि ३ दर्जन बढि नेता कार्यकर्ता कैदी जीवन जिउन बाध्य छन ।'
शनिवार नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको बर्तमान परिस्थिती र नेपाली विशेषताको समाजबाद विषयक अन्तरकृया कार्यक्रममा पार्टीको अवधारणा राख्दै महासचिव विप्लपले नेपालमा कुनै न कुनै प्रकारको समाजबादका बारेमा पहिलै देखी बहस हुँदै आएपनि नेपालको विशेषता सुहाउँदो समाजबादका बिषयमा आफ्नो पात्टीले देशैभरी बहस संबाद गर्दै आएको बताएकाछन ।

उनले भने -'मुलभुतरुपमा राजनितिक मुलधारमा समाजबादबारे बहस भईरहेकै छ। हामीले नेपाली बिशेषताको समाजवाद बारे बहस चलाईरहेका छौं।  बिपिले सारेको प्रजातान्त्रीक समाजबाद भित्र पनी केही जनपक्षीय धारा थियो । समाजबादले मुख्य दुई अन्तरबिरोध नेपाल र साम्राज्यबाद बिचको अन्तरबोरोध एवं  दलालपुजीबादी सत्ता र नेपाली जनता बिचको अन्तरबिरोध को गाँठो फुकाउनु पर्ने छ । २० औं सताब्दिको बैज्ञानिक समाजबाद बिघटन भयो। केही समस्यहरु थिए। अब ती सबैकुरालाई सम्बोधन गर्ने नेपाली बिशेषताको समाजबाउका लागि सबै अगाडी बढौं ।'

नेता विप्लवले चार मित्रशक्तीहरुको सहकार्य  र चार  वर्गशक्तिहरुको सहकार्यमा हुने समाजवाद नै नेपाली बिशेषताको समाजबाद हुने बताए । उनले बामपन्थी शक्तिहरु, लोकतान्त्रिक गणतन्त्रबादी शक्तिहरु, देशभक्त शक्तिहरु र विभिन्न खाले समाजवादी धाराहरुसंगको सहकार्य एवं श्रमिक मजदुर वर्ग, मध्यम वर्ग र राष्ट्रीय पुजिपतिवर्गको सहभागितामा अबको  समाजवादको बाटो समात्ने बताए । यस्तै गरि समाजवादको शाशनप्रणाली अर्थनीति उत्पादन नीति शैक्षिक स्वास्थ्य लगायतका नितिहरुमा थप छलफल र बहस गर्दै अबधारणालाई समृद्ध पार्ने र देश र जनतालाई निकास दिने गरि अगाडि बढ्ने उल्लेख गरे । 
 करिव डेढ घन्टा लामो मन्तब्य राख्दै महासचिव विप्लपले भने - 'राज्य अस्थिरता र संकटतर्फ धकेलिंदै छ ।  संकटको मूल्य नेपाली जनताले चुकाउनुपरेको छ । अर्थतन्त्रमा परनिर्भरता बढ्दोछ । युवा पलायनता बढ्दो छ। तेसैले युवाहरुलाई आश जगाउने र मुलुकमै रहन प्रोत्साहन गर्नु पर्छ। युवाहरुमा आशा जगाउन नसके देश पलायन हुनुको बिकल्प छैन।'

 राजनैतिक नेतृत्व भोगबिलासि बनेकोमा चिन्ता ब्यक्त गर्दै  श्रमिकबर्गबाट छुटेको राजनैतिक नेतृत्व टिकाउँ नहुने समेत दाबी गरे। 
साथै  समृद्धी संगै समानता हुने राज्यब्यबस्था हुनुपर्छ । शत्तालाई जनताको सेवा गर्ने साधन बनाईनुपर्छ।बएकपटक देश र जनताकोसेवा गर्ने रहर छ जुन सुकै तरिकाले होस ईमान्दार रुपमा जनताको सेवा गर्ने सत्ता कस्तो हो देखाउने चाहना छ। जसका लागि नेपालका सबै कम्युनिस्टहरु एकठाउँमा आउन समेत जरुरी छ ' नेता विप्लपले भने।
यस्तै कार्यक्रममा नेकपाका पिबिएम एवं लुम्बिनि ब्युरो ईन्चार्ज वसन्त सीले  हजारौंको बलिदानबाट प्राप्त गणतन्त्रले पनि जनताका मुद्धाहरुलाई सम्बोधन नगर्दा निरासा छाएको भन्दै बिद्रोह र निकासको खोजी भईरहेको बताए ।

उनले नेपाली बिशेषताको समाजबादलाई प्रस्थानविन्दु बनाएर अगाडि बढ्नुको बिकल्प नरहेको समेत ठोकुवा गरे ।
नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शरद सीको अध्यक्षता केन्द्रीय सदस्य बिस्वास सीको स्वागत एवं जिल्ला सेक्रेटेरी बिरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा बामपन्थि लेखक साहित्यकार तथा बरिष्ठ अधिबक्ता दिल साहनी, बापन्थी लेखक साहित्यकार ऋषीराम भुषाल, बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक निर्मल जी.सी., नेकपा एमाले जिल्ला उपसचिव हितराज पन्थी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्दीय सदस्य लक्ष्मीकान्त पौडेल, नेपाली काङ्ग्रेस नगर उपसभापति ज्योती भण्डारी, जसपाका केन्द्रीय कार्यकारी समिति सदस्य मनिकर कार्की, राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसी, नेपाल समाजबादि पार्टीका प्रदेश अध्यक्ष कमल खनाल, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङ्ग, राष्ट्रीय स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदम कार्की, मानवअधिकार शान्तीसमाजका पुर्व अध्यक्ष गोबिन्द खनाल, बाम बुद्धीजीबि बिनबहादुर कुँवर लगायले बोल्दै  संबिधानमा समेत उल्लेखित समाजबाद कस्तो खालको समाजबाद हो नेकपाले जस्तै सवै दलले नेपाली जनतालाई प्रष्ट पार्न सक्नुपर्ने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।