ताजा अपडेट »

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको साधारण सभा सम्पन्न

सोमबार, २२ माघ २०८०, १८ : ५४
78 Shares
सोमबार, २२ माघ २०८०
78 Shares

बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल-५, रुपन्देहीको छैठौं वार्षीक साधारण सभा/क्याम्पस सभा सम्पन्न भएको छ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौलको सभापतीत्व र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाको सञ्चालन क्याम्पस प्रमुख विष्णु प्रसाद राना गरे ।  । कार्यक्रममा क्याम्पसको प्रतिवेदन क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले गरेका थिए भने आ.व.  २०७९/८० को लेखा परिक्षण प्रतिवेदन तथा वित्तिय विवरणहरु उप-प्रशासक, रामनाथ मालीले प्रस्तुत गरे ।

क्याम्पसको शैक्षिक तथा आर्थिक उन्यनको काममा गर्दै स्थापनाकालदेखि प्रध्यापनरत रोमिलाल राजभण्डारी, बुटवल   बहुमुखी क्याम्पसका क्याम्यास प्रमुख, डा. खिमानन्द न्यौपाने संस्थापक प्राध्यापक महेन्द्र बहादुर सिंह, कर्मचारी संघका सभापती ओममद्र गौतम , प्राध्याप‌क संघका सभापती गोपाल प्रसाद चापागाई र उद्योग वाणिज्य संघका  अध्यक्ष हरी प्रसाद अर्यालले शुभकामना व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष  निर्मल प्रसाद लाकौलले प्रमुख अतिथी उमाकान्त चापागाईलाई मायाको चिनो प्रदान गरेका थिए ।साथै आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा क्याम्पस प्रमुखविष्णु प्रसाद राना र सहायक क्याम्पस प्रमुखद्वय मनोज प्रसाद सापकोटा र रमेश प्रसाद पाण्डेलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।