माघ २६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवल–९, कालिकानगरस्थित लुम्बिनी शिक्षालयमा आइतबारदेखि खेल सप्ताह सुरु भएको छ । सप्ताहको शुभारम्भ गर्दै विद्यालयका प्राचार्य पुस्कर थापा क्षेत्रीले विद्यार्थीको पठन-पाठन र अनुशासनसँगै खेलकूदलाई पनि प्रोत्साहन र प्रवद्र्धनमा सप्ताहले भूमिका खेल्ने उल्लेख गरे । विद्यार्थीको चौतर्फी विकास र खेल क्षेत्रको विकासका लागि विद्यालयमा हरेक वर्ष खैकूद सप्ताह मनाउँदै आएको उनले बताए ।
सप्ताह उद्घाटनका अवसरमा बोल्दै विद्यालयका सह-प्राचार्य सतिश गैरे विद्यालयको शैक्षिक गतिविधीलाई थप परिस्कृत र उत्कृष्ट बनाउनका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । कार्यक्रममा शिक्षकहरु राधा फुङ्ज्याली, कमल बुढाप्रिथी, विष्णु पोख्रेल र मनिषमान क्षेष्ठ लगाएतले बोल्दै विद्यार्थीहरुलाई सक्रियताका साथ सप्ताह अन्तर्गतका क्रियाकलापमा सहभागी हुन र अभिभावकहरुलाई पनि सोही अनुसार सहजीकरण गरिदिनका लागि आग्रह गरे । ‘स्पोर्ट फर हेल्दी बोडी एण्ड कम्पिटिटिभ माइन्ड’- भन्ने मूल नाराका साथ मन्टेश्वरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सम्मिलित खेल सप्ताहमा सिनियर र जुनियर गरी छुट्टा–छुट्टै विधाबाट प्रतियोगिता गराइने सह–प्राचार्य गैरेले जानकारी दिए ।
सप्ताह अन्तर्गत सयभन्दा बढी खेल प्रतियोगिता समावेश गरिएको विद्यालयले जनाएको छ । आगामी माघ २९ गते समापन गर्ने गरी सुरु गरिएको सप्ताहका पहिलो दिन विद्यार्थीहरुले विभिन्न सचेतनामूलक नाराहरु लेखिएका प्लेकार्ड सहित विद्यालय परिसरदेखि बुटवल–११ देविनगर चौपारी, न्यू होराइजन चोकहुँदै पुन: विद्यालयमा आएर र्यालीको समापन गरेका थिए । खेल सप्ताहको पहिलो दिन ६ देखि ९ कक्षासम्मका विद्यार्थीहरु बीच म्याथ म्याटिकल रेस, स्याक रेस लगाएतका खेलहरु सम्पन्न भएका छन् ।
यस्तै कक्षा ३ देखि ५ सम्म सटफुट खेल लगाएतका खेलहरु, कक्षा १ र २ मा म्युजिकल रेस, ईनआउट लगाएतका खेलहरु सम्पन्न भएका छन् । यस्तै यूकेजी ए र बी ग्रुपमा इनआउट र स्विट्स रेस, मन्टेश्वरीमा स्विट्स रेस लगाएतका खेलहरु सम्पन्न भएका छन् । विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया