ताजा अपडेट »

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

शनिबार, २० माघ २०८०, १७ : ५५
106 Shares
शनिबार, २० माघ २०८०
106 Shares

उदयपुर । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् ।

उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर  बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । 

सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।