ताजा अपडेट »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख चन्दले दिए राजीनामा

शनिबार, २० माघ २०८०, १५ : ३५
126 Shares
शनिबार, २० माघ २०८०
126 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ । चन्दले गत वैशाख १३ मा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए । केही दिनअघि विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच झडप भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।