ताजा अपडेट »

अर्घाखाँचीको ढाकावाङ्गमा जिप दुर्घटना, २ जनाको मृत्यु

शनिबार, २० माघ २०८०, ०८ : ०६
294 Shares
शनिबार, २० माघ २०८०
294 Shares

बुटवल ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्।

शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर  बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।