ताजा अपडेट »

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी अस्पताल लगियाे

शुक्रबार, १९ माघ २०८०, १२ : ३२
204 Shares
शुक्रबार, १९ माघ २०८०
204 Shares

काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ। 

महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो । चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो।  उनीहरुमाथि छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।