ताजा अपडेट »

सुनको भाउ पाँचौं दिन पनि बढ्याे, आजको मूल्य कति छ ?

शुक्रबार, १९ माघ २०८०, १२ : ०८
168 Shares
शुक्रबार, १९ माघ २०८०
168 Shares

काठमाडौ । नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।

त्यसैगरी नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।