ताजा अपडेट »

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

विहीबार, १८ माघ २०८०, १४ : १४
72 Shares
विहीबार, १८ माघ २०८०
72 Shares

काठमाडौं । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो । 

आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो ।  यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । 

यो जितपछि आर्मीको ९ खेलमा १४ अंकमा रहेको छ र अंक तालिकामा दोस्रो हुदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

फाइनल खेल शनिबार टियु मैदानमा हुने छ । 
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।