ताजा अपडेट »

बुटवलमा भारतबाट ल्याइँदै गरेको ६०० किलो मरेका माछा बरामद

बुधबार, १७ माघ २०८०, १९ : २०
470 Shares
बुधबार, १७ माघ २०८०
470 Shares

बुटवल । बुटवलमा भारतबाट ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार दिउँसो भन्सार छलेर बुटवल तर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।

भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसार पोसार भई रहेको सूचनाको आधारमा भैरहवावाट बुटवल तर्फ आउदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाई छिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखि जातका मरेका माछा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले बताए ।

 स्थानीय प्रतिनिधिको रोहवरमा बरामद भएको माछालाई इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाडल खनी नष्ट गरी गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।