काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार २१.६७ अंकले घटेको सेयर बजार २०९७.९३ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ । यसदिन २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया