बुटवल । रुपन्देही जिल्लाका विज्ञान शिक्षकहरुको विज्ञान कार्यशाला शुक्रबार बुटवलमा सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलको कालिका मानवज्ञान माविमा सम्पन्न कार्यशालामा रुपन्देहीका १६ पालिकाबाट ७० जना विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो ।
अहिले विद्यालय तहको विज्ञान तथा प्रविधि विषयमा समाबेश गरिएको सुचना तथा संचार प्रविधि एकाई अन्तर्गतका विषयवस्तुहरुमा विज्ञान शिक्षकहरुमा देखा परेका अन्यौलता र आगामी एसईई परीक्षालाई लक्षित गरेर विभिन्न विषयबस्तुमा छलफल भएको थियो । कार्यशालाको सहजीकरण कम्प्युटर शिक्षक शेखर पौडेल र विज्ञान तथा प्रविधि पाठ्यपुस्तकका लेखक चिन्तामणि पन्थीले गरेका थिए । कार्यशालामा सुचना तथा संचार प्रविधि शिक्षणका समसामयिक मुद्दा, चुनौती, शिक्षण विधि र मुल्यांकनका विभिन्न पक्षहरुमा छलफल गरिएको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानद ज्ञवाली तथा प्रधानाध्यापक दिनेश थापाले विज्ञान विषयमा समावेश गरिएको सुचना तथा संचार प्रविधि सम्बन्धि विषयवस्तु विज्ञान विषयको लागि मात्र नभएर अन्य सबै विषय शिक्षणको लागि समेत महत्वपूर्ण भएको बताए । यसैगरी यो विषयवस्तुलाई सरल, सहज र व्यवहारिक बनाउने जिम्मेवारी विज्ञान शिक्षकको काँधमा आएको कुरामा जोड दिए । बिकास शिक्षकहरुको साझा संगठन विज्ञान शिक्षक समाजले विज्ञान शिक्षकको क्षमता अभिवृद्धि र शिक्षण अनुभव आदानप्रदानको लागि कार्यशाला आयोजना गरेको हो । भविष्यमा सरोकारवाला अन्य सबै निकायहरुसँग सहकार्य गरी यस्ता कार्यक्रम निरन्तर गर्ने समाजका रुपन्देही जिल्ला अध्यक्ष दिपक बन्जाडेले बताए ।
प्रतिक्रिया